देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनसरी– ४ मा मतगणनालाई निरन्तरता दिने सहमति

देशान्तर

काठमाडौँ – सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणनालाई निरन्तरता दिने सहमति भएको छ ।

यहाँ ३ दिनदेखि मतगणनाका क्रममा विवादपछि मतगणना स्थगित भएको थियो । मंगलबार बिहान बसेको सर्वदलीय बैठकमा जुन ठाउँको मत गन्ने क्रममा विवाद भएको थियो त्यही ठाउँबाटै अगाडि बढाउने सहमति भएको हो । शंका लागेको ठाउँको सीसीटिभी फुटेज हेरेपछि मतगणनालाई निरन्तरता दिने सहमति भएको हो ।

सुनसरी–४ मा नेपाली कांग्रेस उम्मेदवार तथा सञ्चारमन्त्री समेत रहनुभएका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्धा कडा भइरहेको छ । ६ सय ६ मत गडबड भएपछि कार्कीले पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिएका थिए ।

तर आयोगले भने पुनःमतगणना नगरी अहिलेसम्म गणना भएको बाहेक बाँकी मतगणना गर्न निर्देशन दिएको थियो।सर्वदलीय बैठकमा सहमति भएसँगै मतगणना सुरू हुन लागेको हो ।