देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डोटीमा वडाध्यक्ष जोशीको निधन

देशान्तर

काठमाडौं – डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो ।

बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढलेका पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिए। उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो। उनको हृदयघातकै कारण निधन भएको जिल्ला अस्पतालका डा सोहन शाहले बताए।

जोशी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।