देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

क्यान झापाको अध्यक्षमा घिमिरे

देशान्तर

काठमाडौं – कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घ, झापा शाखाको अध्यक्षमा कृष्णप्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन्।

क्यानको शनिबार विर्तामोडमा भएको चौथो जिल्ला अधिवेशनले आठ सदस्यसमेत चयन गरेको छ। पदाधिकारीहरू भने क्यानको विधानले शाखाको पहिलो बैठकबाट मनोनयन गर्ने व्यवस्था गरेको निर्वाचत अधिकृत अधिवक्ता देवेन्द्र भण्डारीले बताए।

क्यान झापा शाखाका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षता तथा केन्द्रीय सदस्य भूपेन्द्र मैनालीको प्रमुख आतिथ्यमा वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न गरिएको हो ।

क्यान महासङ्घ नेपालका केन्द्रीय सदस्य मैनालीले झापाले गत वर्ष धेरै रचनात्मक कार्यक्रम गरेर उत्कृष्ट जिल्लाको पुरस्कार प्राप्त गरेको स्मरण गराउँदै नयाँ नेतृत्वबाट पनि यस्तै अपेक्षा रहेको बताए।