देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाजुरामा एमालेका कर्णबहादुर थापालाई पराजित गर्दै कांग्रेसका बद्रिप्रसाद पाण्डे विजयी

देशान्तर

बाजुरा – बाजुरामा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका बद्रिप्रसाद पाण्डे विजयी भएका छन् ।

उनी नेकपा एमालेका कर्णबहादुर थापालाई पराजित गर्दै विजयी भएका हो ।

पाण्डेले ३१ हजार ७८६ मत प्राप्त गर्नुभएको छ भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका थापाले २६ हजार ३४९ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रदेश सभातर्फ बाजुरा ुकु मा नेकपा एकीकृत समाजवादीका नरेश कुमार शाही विजयी भएका छन्। उनले १० हजार ९७३ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी एमालेका बलदेव रेग्मीले आठ हजार ३६२ मत प्राप्त गरेका छन् ।

यस्तै, बाजुरामा कांग्रेसका पदमबहादुर शाही विजयी भएका छन् । शाहीले २० हजार ११९ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी एमालेका लालबहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गरेका छन् ।