देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विज्ञापन बजार विस्तार हुनुपर्छः प्रमुख आयुक्त थपलिया

देशान्तर

काठमाडौँ – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामुदायिक रेडियोहरुको भविष्य सुनिश्चित गर्नका लागि विज्ञापन बजार विस्तार हुनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाल एफ।एम। नेटवर्कको १९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हो । उनले सामुदायिक रेडियोहरुको वृद्धि सँगसँगै विज्ञापन बजारको पनि विस्तार हुनुपर्ने बताएका हो । उनले विज्ञापनको दृष्टिकोणबाट सामुदायिक रेडियोलाई हेर्दा अवस्था भयावह देखिएको बताए ।

उनले हालको अवस्थामा रेडियोलाई टिकाउनका लागि २०० सय प्रतिशतसम्म विज्ञापन वृद्धि हुनुपर्ने बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले सामुदायिक रेडियोहरु मर्जरमा नगएमा भविष्य नै अन्योलमा रहेको समेत उनले उल्लेख गरे । उनले गाउँगाउँमा रेडियो पुगेको भएपनि रेडियोले उत्पादन गर्ने विषयवस्तु भने एउटै हुने गरेको बताए ।

उनले रेडियोहरु झुकाव र लगावका कारण समस्यामा परेको बताए । रेडियोहरु कुनै लगावबाट मुक्त भएर स्वतन्त्र हुनुपर्ने उनको भनाइ छ । थपलियाले कुनै झुकावमा नलागिकन सञ्चार माध्यमको स्वायत्तता र स्वतन्त्रताको निम्ति सामुदायिक रेडियोहरुलाई निर्दिष्ट गर्न सुझावसमेत दिए। उनले सञ्चार माध्यमले उत्पादन गर्ने विषय वस्तुहरुलाई स्वनियमनको विषय बनाउनुपर्नेमा जोड दिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफल गराउनको निम्ति सञ्चार माध्यमको पनि उल्लेख्य भूमिका रहेको भन्दै प्रशंसा गरे ।