देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यी हुन् जसपाको मधेसमा समानुपातिक सदस्य

देशान्तर

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशसभामा समानुपातिकतर्फ प्रतिनिधित्व हुने सदस्यको टुङ्गो लगाएको छ।

पार्टीको कार्यकारिणी समितिको साेमबारकाे बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात जनाको नाम सिफारिस गरेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए।

जसपाले मधेस प्रदेशसभाका लागि सिफारिस गरेका सदस्यहरूमा मनिषकुमार सुमन (मधेसी पुरुष, अल्पसङ्ख्यक), विन्दुकुमारी यादव (मधेसी महिला), शोभादेवी (मधेसी महिला, अल्पसङ्ख्यक), ललिता दास (दलित महिला), शाहिदा खातुन (मुस्लिम महिला), किर साह (मधेसी महिला) र ममता मण्डल (आदिवासी जनजाति महिलां) रहेका छन्। जसपाले मधेस प्रदेशमा प्रत्यक्षतर्फ नौ र समानुपातिकमा सात सिट जितेको छ ।