काठमाडौँ – काठमाडौं क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले काठमाडौंको मौलिकतालाई पुनःजीवित गर्नुपर्ने बताएकी छन् । बिहीवार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले काठमाडौं महानगरपालिकाले आफ्नो मौलिकता गुमाउँदै गइरहेको भन्दै महानगरपालिकाले गुमाएको मौलिकतालाई पुनःजीवित गर्नुपर्ने बताएकी हुन् ।
यसको निम्ति आफूले सकेको भुमिका निभाउने उनको भनाई छ । उनले देशलाई गति दिनका निम्ति महानगरपालिका सँगसँगै सिंगो देशकै मौलिकतालाई पुनःजीवित गर्नुपर्नेमा उनको जोड छ ।





प्रतिक्रिया