देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विश्वविद्यालय राजनीतिबाट मुक्त हुनुपर्छ: प्रधानमन्त्री

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त हुनुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीवार आयोजित पहिलो चरणको २८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन् ।

काठमाडौं विश्वविद्यालयले विगत तीन दशकदेखि गुणस्तरीय एवं प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सिर्जनशील र क्षमतावान जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक र सामाजिक विकासमा योगदान  पुर्‍याउँदै आएको बताए ।

नेपालका उच्च शिक्षाको क्षेत्रमा काठमाडौैं विश्वविद्यालयको आफ्नो इमान, गरिमा र छुट्टै पहिचान रहेको बताउँदै उनले विश्वविद्यालयबाट उत्पादित जनशक्ति देशभित्र मात्र नभई विदेशमा पनि महत्वपूर्ण संस्थामा आवद्ध भई उत्कृष्ट सेवा पु¥याउँदै आउनु सबैका लागि गर्वको विषय भएको प्रधानमन्त्री देउवाले बताए ।

उनले काठमाडौं विश्वविद्यालयका विभिन्न संकायमा दीक्षित भएका विद्यार्थीलाई बधाई व्यक्त गरे छ । भविश्यमा भौतिक तथा प्राज्ञिक विकासका लागि निरन्तर सहयोग प्राप्त हुने उनले अपेक्षा व्यक्त गरे । रासस