काठमाडौँ – नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल/डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो ।
१ सय ८१ बाट पेट्रोल घटेर १ सय ७५ रुपैयाँ, १ सय ७८ बाट घटेर १ सय ७५ रुपैयाँ र एक सय १७ प्रतिलिटर मट्टीतेल १ सय ७५ रुपैयाँ कायम भएको छ। हवाइ इन्धन र खाना पकाउने ग्यासको मूल्य भने घटाइएको छैन।एलपी ग्यास १ हजार ८ सयमा बिक्री हुँदै आएको छ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएकाे थियाे । आईओसीले पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेकाे छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले मूल्य घटाएर पठाएको हो ।पटक पटक मूल्य घटेर आएपनि निगमले यसअघि मूल्य समायोजन गरेको थिएन।
निगमले सरकार इन्डियन आयल कर्पोरेसनलाई वक्यौता एवं ऋण तिर्न कठिन भइरहेको जनाएको छ। डिसेम्बर २०२२ सम्म १९ अर्ब तिर्न बाँकी रहेको जनाइको छ।





प्रतिक्रिया