देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सोलुमा दुई घर जल्दा ४२ लाखको क्षति

देशान्तर

काठमाडौं – सोलुखुम्बुमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्। थुलुङ दूधकोसी गाउँपालिका–९ लोखिमका भक्तबहादुर राई र नौधन राईको घरमा आगलागी हुँदा रु ४२ लाख ८० हजार बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार भक्तबहादुरको घरको भान्साकोठाबाट आगलागी सुरु भएको थियो। आगो नियन्त्रणमा लिन नसक्दा सँगै रहेको नौधनको घरसमेत पूर्णरुपमा जलेर नष्ट भएको छ।

ढुङ्गामाटोले बनेको र टिनको छानो भएको राईद्वयको दुई/दुईतले घरसहित घरमा रहेका सबै धनमाल जलेर नष्ट हुँदा भक्तबहादुरको रु ३१ लाख तथा नौधनको रु ११ लाख ८० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। स्थानीयवासी र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।