देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनताको काम गर्नका लागि मन्त्री नै हुनुपर्छ भन्ने छैन : सिंह

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकशमान सिंहले जनताको काम गर्नका लागि मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताएका छन्।

काठमाडौं–१ मा पर्ने शंखमूलमा शनिबार मतदाताका लागि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उनले क्षेत्रको विकासका लागि मन्त्री भइरहनु नपर्ने बताएका हुन् ।

‘म जनप्रतिनिधि हुँ। म पदमा जाउँला नजाउँला । तर, जनप्रतिनिधिको पद त छ नि मसँग। मैले गर्न सक्ने काम त म त्यसैबाट गर्न सक्छु। मिनिस्टरै हुनुपर्ने छैन,’ सिंहले भने।

उनले प्रधानमन्त्री बन्न सके मुलुककै कायापलट गर्न सक्ने आत्मविश्वास आफूमा रहेको दाबी पनि गरे। तर, प्रधानमन्त्री जनता र आफूले चाहँदैमा बन्न सहज नभएको सिंहको भनाइ थियो।

‘प्राइमिनिस्टर भयो भने त मैले भने नि कन्ट्रीको कायापलटै गर्न सक्ने कन्फिडेन्स ममा छ,’ उनले भने, ‘यो त तपाईंहरुले मात्रै चाहेर पनि हुँदैन। मैले मात्रै चाहेर पनि हुँदैन। संसदीय दलको निर्वाचन हुँदै छ। त्यसले निर्भर गर्छ।’