देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राप्रपा अध्यक्ष लिङदेनसँग चिनियाँ कूटनीतिज्ञको भेट

देशान्तर

काठमाडौँ – नेपालस्थित चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका छन् ।

राप्रपाको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको भेटमा वाङले राप्रपाको चुनावी सफलताका लागि बधाई र शुभकामना दिनुका साथै अबका दिनमा राप्रपा कसरी अघि बढ्छ भन्नेबारे पनि चासो राख्कोोका छन् ।

पार्टी अध्यक्ष लिङ्देन निकट नेताका अनुसार कार्यवाहक राजदुत वाङले घुमाउरो शैलीमा नयाँ सरकारमा राप्रपाको सहभागिताबारे चासो राखेका थिए ।

राप्रपाले हालै सम्पन्न चुनावमा प्रत्यक्ष र समानुपातिक गरी १४ सिट जितेर प्रतिनिधिसभामा पाँचौ शक्ति बनेको छ ।

सरकार गठनको लागि राजनीतिक दलहरुबीच गृहकार्य जारी रहँदा राप्रपाले भने सरकारमा जानेरनजाने विषयमा स्पष्ट धारणा सार्वजनिक गरेको छैन् ।

भेटमा अध्यक्ष लिङदेन र नेताद्वय ध्रुवबहादुर प्रधान तथा भुवन पाठक सहभागी थिए ।