देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आयोगले समानुपातिक सांसदलाई आज प्रमाणपत्र दिदै

देशान्तर

काठमाडौँ – निर्वाचन आयोगले समानुपातिक तर्फका सांसदहरुलाई आज (आइतबार) प्रतिनिधि सभामा निर्वाचित भएको प्रमाणपत्र दिने भएको छ ।

आइतबार दिउँसो आयोग परिसर कान्तिपथबाट सबै राजनीतिक दलका समानुपातिक तर्फका सांसदहरुलाई प्रमाणपत्र दिन लागिएको हो । प्रतिनिधि सभाको समानुपातिक तर्फ नेकपा एमालेबाट ३४, नेपाली कांग्रेसबाट ३२, नेकपा माओवादी केन्द्रबाट १४, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ७, जनता समाजवादी पार्टीबाट ५ र जनमत पार्टीबाट ५ जना सांसद बनेका छन् ।

उनीहरु सबै जनालाई आइतबार प्रमाणपत्र दिइने आयोगले जनाएको छ । प्रदेश तर्फको समानुपातिकको प्रमाणपत्र भने प्रदेशगत रुपमा प्रदान गरिने भएको छ ।

प्रत्यक्ष तर्फका सांसदहरुलाई भने निर्वाचित भए लगत्तै प्रमाणपत्र दिने गरिन्छ ।