काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीबासीलाई वर्षभर मेलम्चीको पानी खुवाउन के गर्न सकिन्छ भनेर सरकारले अध्ययन गरिरहेको बताएका छन् ।
आइतबार मेलम्ची खानेपानी आयोजनाका जन्मदाता स्वर्गीय कृष्णप्रसाद भट्टराईको पूर्ण कदको सालिक अनावरण गर्दै देउवाले सरकारले मेलम्ची खानेपानी आयोजना दिर्घकालिन रुपमा सञ्चालन गर्न प्राथमिकतामा राखेको बताए ।
अब काठमाडौं उपत्यकाबासीलाई सधैं पानी वितरण गर्नसक्नेगरी आवश्यक तयारी गरिने प्रधानमन्त्री देउवाको भनाई छ ।
उनले मेलम्ची आयोजना बाह्रै महिना सञ्चालन गर्न खानेपानी मन्त्रालयअन्तर्गत विभिन्न निकायले अध्ययन गरिरहेको जानकारी दिए ।





प्रतिक्रिया