देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभामा निर्वाचित सांसदहरुको शपथ पुस ७ गते हुने

देशान्तर

काठमाडौं – प्रतिनिधिसभामा निर्वाचित सांसदहरुको शपथ पुस ७ गते हुने भएको छ । संघीय संसद् सचिवालयले ७ गते दिउँसो १ बजे २ सय ७५ जना प्रतिनिधिसभा सांसदलाई शपथ गराउने तयारी गरेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।

उनका अनुसार मंसिर ४ गतेको निर्वाचनबाट चुनिएका नयाँ सांसदहरुको सपथका लागि सचिवालयले तयारी अन्तिम चरणमा पु¥याएको छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएपछि अरू सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ गराउनेछन् ।

शपथग्रहण कसले गराउने भन्नेबारे पनि संसद् सचिवालयमा छलफल जारी छ । संसद सचिवालयले माग गरेको निर्वाचित सांसदको उमेरसहितको विवरण निर्वाचन आयोगले आइतबार नै पठाइसकेको छ ।
शपथ गराउने तीन दिनअगावै संघीय संसद् सचिवालयले सूचना जारी गर्नुपर्ने नियमानुसार संसद सचिवालयले आजै सूचना जारी गर्ने सचिव योगीले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेभित्र सरकार आह्वान गरेको अवस्थामा त्यसपहिले नै सांसदहरूको शपथ हुन लागेको हो ।