देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

५ वर्षे कार्यकाल सफल भयो : मुख्यमन्त्री राउत

देशान्तर

काठमाडौँ – मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ५ वर्षे आफ्नो कार्यकाल सफल रहेको दाबी गरेका छन् ।

बुधबार उनले आफ्नो निवासमा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रम बोल्दै उनले यस्तो बताएको हो । उनले शून्यबाट सरकार संचालन गरेकोमा अहिले सुविधा सम्पन्न भइसकेकोमा आउने नयाँ सरकारका लागि समस्या नहुने बताएका छन् ।

उनले आफ्नो कार्यकालको उपलब्धीहरू औल्याउँदै संघीय सरकारको असहयोगका बावजुद राजनीतिक उपलब्धीको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणलाई प्राथमिकतामा राखि काम गरेको बताएका छन् । उनले संघीय सरकारको असहयोगका कारण नीति कर्मचारी आभावको समस्या प्रदेश सरकार अहिलेसम्म भोग्दै आएको बताएका हो ।

संघीय सरकारकै कारण प्रदेश प्रहरी ऐन लगायतका कयौं ऐन कार्यान्वयनमा आउन नसकेको उनले बताए । विभिन्न चुनौतीका बावजुद प्रदेश र संघीयतालाई सुदृढीकरण गर्नका काम गरेको उनको दावी छ । मुख्यमन्त्री राउतले मधेश सरकार गठन हुँदा हामीसँग श्रोत साधनको अभाव भएको बताए ।

उनले भने ,– हामीसँग कार्यालयहरु थिएन । तर हामीले काम गरेर देखायौं । ‘हामीहरुले दर्जनौं ऐनहरु बनायौं, संविधान कार्यान्वयनका लागि संविधानको अनुसूचीमा रहेका प्रदेशलाई दिनुपर्ने अधिकारका लागि लड्यौं ।’

महिला, दलित तथा उत्पीडित समुदायको अधिकारका लागि दर्जनौं ऐनहरू बनाएको उनले बताए । छोरी विमा कार्यक्रम जारी नै रहेको, दलितहरुको विकासका लागि दलित विकास समिति गठन र दलित सशक्तिकरण ऐन ल्याएको उनको भनाइ छ ।

सोही कार्यक्रम ल्याउने मधेश प्रदेश पहिलो भएको उनको तर्क छ । जहाँ महिलाहरूलाई ५० प्रतिशत आरक्षण दिएको उनको भनाइ थियो ।