देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय भोलिसम्म

देशान्तर

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठन गर्न दिएको समय आईतबार साँझसम्म रहेको छ ।

बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न सत्तारुढ गठबन्धन दलबीच बालुवाटारमा छलफल भइरहे पनि सहमति जुट्न सकिरहेको छैन् ।

राष्ट्रपति भण्डारीले गत आइतबार (पुस ३) साँझ ७ दिनभित्र संसदमा रहेका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गरेका थिए । त्यो समयसीमा सकिनै लाग्दा पनि दलहरुले सरकार गठनको खाकासमेत तयार पार्न सकेका छैनन् ।

राष्ट्रपतिले दिएको समयसीमाअनुसार दलहरूले पुस १० गते साँझ ५ बजेभित्र सरकार गठनका लागि आवश्यक बहुमत जुटाउनुपर्ने छ ।
राष्ट्रपति भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गतेभित्र दाबी पेस गर्न आग्रह गरेका हो ।

सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच नयाँ सरकारमा शक्ति बाँडफाँडमा कुरा मिलेको छैन । निरन्तर छलफलमा रहे पनि दलीय अडानका कारण शीर्ष नेताले कुनै प्रगति गर्न सकेका छैनन् ।

तर, पद बाँडफाँटमा सहमति जुटाउन गठबन्धन सम्बद्ध शीर्ष नेताहरूले बालुवाटारमा निरन्तर छलफल गरिरहेका छन् ।