देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विदेशबाट ल्याएका मोबाइलहरू पुस १५ भित्र दर्ता गर्न प्राधिकरणको आग्रह

देशान्तर

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले यहि पुस १५ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा ल्याउने जनाएको छ ।
आज एक सूचना जारी गर्दै प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरू दर्ता गर्न आह्वान गरेको हो । मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ–ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणको रूपमा एमडीएमएस लागू गरेको थियो ।

विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका (एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा भदौ अगाडि प्रयोगमा नरहेका) मोबाइल सेटको १५ अंकको आईएमईआई नम्बरसहितको भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापन पत्र लिई प्रणालीमा अद्यावधिक गर्न प्राधिकरणले अनुरोध गरेको छ ।