काठमाडौं – जुम्लामा कार्यरत प्रमुख सेनानी मृत फेला परेका छन् । २४ नम्बर बाहिनी जुम्लामा कार्यरत प्रमुख सेनानी अञ्जन रूपाखेती सोमबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षध धर्मराज जोशीले जानकारी दिए ।
चन्दननाथ नगरपालिका–२ मा रहेको उक्त बाहिनीको शौचालयमा उनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया