देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जसपाले संसदीय दलको नेता छान्दै

देशान्तर

जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन आज गर्ने भएको छ।

निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पूरा गरेर २ः३० बजेदेखि ३ः३० बजेसम्म मतदान हुनेछ । निर्वाचन सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने जसपा संसदीय दलको कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् । अध्यक्ष उपेन्द्र यादव गत मंसिर ४ को निर्वाचनमा पराजित भए पछि जसपामा समस्या देखिएको छ । त्यस्तै अहिले संघीय परिषद् अध्यक्ष अशोक राईले जसपाको नेतृत्व गर्न थालेका छन ।

यद्यपि संसदीय दलको नेता को चयन हुन्छ भन्ने टुंगो नभएको सो पार्टीका नेताहरुले बताएका छन् । दलको नेताको रुपमा राईसँगै राजकिशोर यादवले पनि दाबी गरेका छन् । राई र यावद दुवैले दाबि गरेपछि निर्वाचननै हुने सम्भावना बढेको छ ।