देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुरक्षाकर्मीले नेता तथा कूटनीतिज्ञसँग भेट्दा अनिवार्य विभागीय अनुमति लिनुपर्ने

देशान्तर

काठमाडौं – गृह मन्त्रालयले सुरक्षाकर्मीलाई विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र राजनीतिक दलका नेताहरुलाई भेट्दा अनिवार्य रुपमा विभागीय स्वीकृति लिन निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव फणिन्द्रमणि पोखरेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मीहरुले कूटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्नुपरेमा अनिवार्य विभागीय अनुमति लिनुपर्ने निर्देशन जारी गरिएको बताएका छन् ।

शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कूटनीतिक नियोग, राजनैतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएकाले यस्तो निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता पोखरेलले उल्लेख गरेका छन् ।

निर्देशन विपरीत सुरक्षा निकायका पदाधिकारीले कूटनीतिक नियोग र राजनीतिक दलका नेतासँग भेट गरे÷गराएको पाइएमा अनुशासनसम्बन्धी कारबाही हुने पनि चेतावनी दिएको छ ।