देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कम्बोडियामा ज्यान गुमाएका पाण्डेको शव नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन

देशान्तर

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको एक क्यासिनोमा आगलागीका कारण मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का निराकर पाण्डेको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालले मुख्यसचिव शङ्करदास वैगारीलाई पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरणका लागि सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कम्बोडियाको एक क्यासिनोमा भीषण आगलागी हुँदा पाण्डेसहित १९ जनाको ज्यान गएको थियो ।

प्रधानमन्त्री दाहालले सो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले निधन भएका पाण्डेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।