देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राहदानी वितरण सहज बनाउन गृह मन्त्रालयद्वारा विज्ञको टोली गठन

देशान्तर

काठमाडौं – राहदानी तथा राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउ गृह मन्त्रालयले विज्ञको टोली गठन गरेको छ । राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरण प्रक्रियालाई सहज र सुलभ बनाउन गृह मन्त्रालयले सूचना प्रविधि विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरिएको जनाएको छ ।

लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न समस्या तथा प्रक्रिया झन्झटिलो भएकोबारेमा आएका गुनासालाई सकेसम्म समाधान गर्ने प्रयास भइरहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

प्रवक्ता पोखरेलका अनुसार विज्ञको टोलीले अध्ययन सुरु गरिसकेको छ । अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधानतर्फ लागिने उनको भनाई छ ।

विद्युतीय राहदानी बनाउन धेरैजसो प्रक्रिया अनलाइनबाटै गर्नुपर्छ । तर अनलाइनबाट आवेदन दिएर तोकिएको मितिमा कार्यालयमा उपस्थित हुँदा पनि नागरिकलाई रातको १२ बजेदेखि लाइन लाग्नु पर्ने बाध्यता छ ।