देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित, प्रधानमन्त्रीको पोखरा उडानमा ढिलाई

देशान्तर

काठमाडौं – खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । मौसम प्रतिकुल हुँदा आईतबार बिहानैबाट उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

खासगरी उडान प्रभावित हुँदा पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा ढिलाई भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जान ढिलाई हुँदा उक्त उद्घाटनमा ढिलाई भएको हो ।

बिहान ११ बजे पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन कार्यक्रम तय भएको थियो । विहानैदेखि उडान अबरुद्ध भएपछि मध्यान्हतिर उडानको प्रयास भइहेको विमानस्थलले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड आइतबार बुद्ध एयरको चार्टरमार्फत पोखरा जाँदैछन् ।