देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

टेलिकमले आजदेखि सुरू गर्ने भनेको फाइभ-जी परीक्षण स्थगित

देशान्तर

काठमाडौँ – नेपाल टेलिकमले पूर्वनिर्धारित तालिका अनुसारआज आइतबारदेखि सुरू हुने भनिएको फाइभ–जी सेवाको ट्रायल स्थगित गरेको छ ।

टेलिकमले चलाउने प्रणाली अनुरुप फाइभ-जी चल्ने मोबाइलको संख्या न्यून देखिएपछि ट्रायल स्थगित गरेको हो । टेलिकमले फाइभ–जीको परीक्षणको लागि आन्तरिक रुपमा तयारी अन्तिम चरणमा पुर्याएपनि केही प्राविधिक विषयका कारण फाइभ–जीको ट्रायल स्थगन भएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिएका छन् ।

उनले परीक्षण गर्न लागेको २६ सय मेगाहर्ज ब्यान्डविथको फ्रिक्वेन्सीमा चल्ने मोइबल डिभाइस नै ज्यादै न्यून संख्यामा भेटिएको कारण परीक्षण केहीपछि सारेको जानकारी दिए। टेलिकमले पुस १७ गतेबाट फाइभ–जी परीक्षण गर्ने भन्दै तयारी गर्दै आएको थियो । अब टेलिकमले थप तयारी गरेर मात्र फाइभ–जीको परीक्षणकाल सुरु गर्ने तयारी गरेको हो ।

परीक्षणका लागि टेलिकमले उपकरण, प्रविधि जडानसहित जनशक्तिलाई तालिमसहितका तयारीहरु सम्पन्न गरिसकेको छ। सामान्य मोबाइल इन्टरनेटभन्दा द्रुत हुने फाइभजी इन्टरनेट औद्योगिक, सेवामूलक, नवप्रवर्तनात्मक र उच्च व्यवसायिक क्षेत्रमा प्रयोग हुने डाटा सुविधा हो ।