देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना संक्रमणको जोखिम बढेसँगै झुलाघाट नाकामा कडाइ

देशान्तर

काठमाडौँ – कोरोना संक्रमणको जोखिम बढ्दै गएकोले भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा परीक्षणमा कडाइ गरिएको छ । छिमेकी देश चीन र भारतमा कोरोना संक्रमण फेरि देखिन थालेपछि नाकामा कडाइ गरिएको हो ।

झुलाघाटमा हेल्थ डेस्क स्थापना गरेर भारतबाट फर्किरहेका नागरिकलाई कोरोना परीक्षणको काम भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरियन्ट फेला परेकाले त्यसको जोखिम कम गर्न सीमा नाकामा कडाइ गरिएको हो ।

भारतबाट स्वदेश फर्कने नागरिकले खोप नलगाएको भएमा सीमा नाकामै कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्ने तयारी भएको जनाएको छ ।

छिमेकी देशहरुमा कोरोनाको जोखिम बढ्दै गएपछि भारतको सीमासँग जोडिएको बैतडीमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले पनि आग्रह गरेको छ ।