देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खुलामञ्चमा पार्किङ बनाउने योजनाको विरोधमा आन्दोलन

देशान्तर

काठमाडौँ – खुलामञ्चलाई भूमिगत पार्किङ बनाउने योजनाको विरोधमा स्थानीयबासी र संरक्षण अभियान्ताहरु आन्दोलित भएका छन् । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा ३ तले भूमिगत पार्किङ बनाउने योजना अगाडि सारेपछि टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबावमुलक अभियान चलाइरहेका स्थानीयले सोमबार काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

खुलामञ्चमा भूमिगत पार्किङ नबनाउन र त्यसलाई खुला पहुँचमा राख्न माग गर्दै स्थानीयहरु महानगरपालिको गेटमा धर्ना दिन पुगेका हुन् । सम्पदाप्रेमीहरुले नागरिकस्तरबाट ‘अकुपाई टुँडिखेल’ अभियान चलाउँदै आएका छन् । सोही अभियान अन्तर्गत महानगरपालिका कार्यालय अगाडि मानव सांग्लो बनाएर प्रदर्शन गरिएको हो ।

अभियान्ताहरुले टुँडिखेल (खुलामञ्च)को ऐतिहासिक तथा पूरातात्विक महत्व मासिने गरी पार्किङ बनाउन नहुने माग गरेका छन् । उनीहरुले काठमाडौं महानगर प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)लाई ज्ञापनपत्र बुझाउने जनाएका छन् ।

विकल्प हुँदाहुँदै सार्वजनिक सम्पत्तिको रूपमा रहेको खुलामञ्चमा महानगरले पार्किङ भवन बनाउने योजनासहित डीपीआरको काम अगाडि बढाउँदा प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक, सामाजिक महत्त्व बोकेको खुलामञ्च मासिने जोखिम बढेको अकुपाइँ टुँडिखेल अभियानले उल्लेख गरेको छ ।