देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सत्तारूढ गठबन्धनमा सामेल हुन सकिँदैनः माधव नेपाल

देशान्तर

काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारूढ गठबन्धनमा सामेल नहुने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सामेल हुन आग्रह गरिरहेका बेला अध्यक्ष नेपालले आफ्नो पार्टी कुनै पनि शक्तिको पछि नलाग्ने बताएका हुन् ।

सोमबारबाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्युरो बैठकमा उनले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठीक गरिरहेको उल्लेख गर्दै कुनै पनि शक्तिको पछि लाग्ने पक्षमा नरहेको बताए । ‘देशको राजनीतिक आफ्नै जटिलताहरू छन् । हाम्रो पार्टी सत्तारूढ गठबन्धनमा सामेल हुन सक्दैन। कुनै पनि शक्तिको पछि लाग्दैन । हामी आफ्नो देश अघि बढाउन चाहन्छौँ। हामी देशको हितलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न चाहन्छौँ,’ उनले भने ।

अध्यक्ष नेपालले तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढ्ने आफूहरूको प्रयास असफल भएपछि नयाँ पार्टी खोलेर अघि बढ्नुपरेको तथ्य बुझ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।
नेकपा एसले वर्तमान सरकारमा सहभागी हुने÷नहुनेबारे निर्णय गर्न बोलाएको पोलिटब्युरो बैठक जारी छ ।