देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रेस युनियनको केन्द्रीय सचिवालय गठन

देशान्तर

नेपाल प्रेस युनियनले विभिन्न पदाधिकारी रहेको नौ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।

केन्द्रीय अध्यक्ष शिव लम्सालले युनियनको विधानबमोजिम केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार आज केन्द्रीय सचिवालय गठन गरिएको जानकारी  दिए ।

लम्साल अध्यक्षताको केन्द्रीय सचिवालयमा वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्षहरु भीष्मराज ओझा, नकुल अर्याल, सलोजा दाहाल, डा मुरारी अधिकारी, महासचिव दिलीप पौडेल, उपमहासचिव सुलोचना गौतम र कोषाध्यक्ष माधव धिताल रहेका छन् ।

युनियनको एक सय ४७ सदस्यीय केन्द्रीय कार्यसमिति रहेकामा कार्यालय सञ्चालन तथा व्यवस्थापन र संस्थाका गतिविधिमा तत्काल निर्णय गर्ने सन्दर्भमा केन्द्रीय सचिवालय सबैभन्दा माथिल्लो एकाई हो । युनियनको विधानअनुसार अध्यक्षले आफ्नो नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष अनिवार्य रहने गरी नौ सदस्यीय सचिवालय गठन गर्ने प्रावधान छ ।