देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गृहमन्त्री लामिछानेलाई भेटेर कुलमानले दिए बधाई

देशान्तर

काठमाडौं – गृहमन्त्री रवि लामिछाने र नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरवारस्थित गृहमन्त्रालयमा दुई जनाबीच भेट भएको लामिछानेका प्रेस संयोजक दीपक बोहराले जानकारी दिए ।

भेटमा घिसिङले लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् ।

सञ्चार क्षेत्र छाडेर केही महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्दै लामिछाने गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने यही पुस ११ गते नेपाल सरकारको गृहमन्त्रीमा नियुक्त भएका छन् ।