देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपप्रधानमन्त्री श्रेष्ठलाई र भारतीय राजदूत श्रीवास्तव बिच भेटवार्ता

देशान्तर

काठमाडौं – उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

बुधबार बिहान सिंहदरवारस्थित भौतिक पूर्वाधार मन्त्रालयमा भारतीय राजदूत श्रीवास्तवले मन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।

भेटमा भारतीय राजदूत श्रीवास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र भारतबीचको वर्षौंदेखिको मैत्रीपूर्ण सम्बन्ध र नागरिकस्तरको सम्बन्धबारे चर्चा गरेका थिए ।

स्तै विकास निर्माण र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताए ।