देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारलाई विश्वासको मत दिन माधव नेपाललाई प्रधानमन्त्री प्रचण्डको आग्रह

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपाललाई सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

बुधवार प्रधानमन्त्री प्रचण्डले नेकपा (माओवादी केन्द्रको) संसदीय दलको कार्यालय सिंहदरबारमा अध्यक्ष नेपाललाई भेटेर सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी छ । दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्रीले एक सय ३८ सांसदको समर्थन लिनुपर्छ ।