काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ३ को पूर्बी बोजीनीमा सवस्टेसन हटाउन माग गर्दै आएका स्थानीयमाथि प्रहरी प्रशासन लगाएर तर्साउने काम भएको भन्दै नेपाल तरुण दल काठमाडौं क्षेत्र नम्बर २ ले आपत्ति जनाएको छ ।
तरुणदलका क्षेत्री अध्यक्ष पुरुषोत्तम चौलागाईंले एक विज्ञप्ति जारी गर्दै विगतदेखि नै मानववस्तिकोबीचमा सवस्टेशन नराख्न आन्दोलन गर्दै आएकोमा जनताको मागलाई वेवास्ता गर्दै विगत केही दिन देखि सोझा सिदा जनतामाथि राज्यले हतियार धारी प्रहरी पठाएर पेस्तोल तेर्साउदै धरपकड़ गर्ने जस्ता मानवअधिकार विरोधी कार्य गरेको तस्वीर भिडियो प्रती गम्भीर आपत्ति र ध्यानाकर्षण भएको जनाएका छन् ।
उक्त ठाउँमा राज्य तर्फबाट जनताको मागलाई सम्बोधन नगरी कथित विकासको नाममा यस भेगका जनतालाई स्वास्थमा दीर्घ रोग बनाई सुकुम्बासी बनाउने कार्य तत्काल बन्द गरी उक्त ठाउँबाट सवस्टेशन जनता को माग बमोजिम भयरहित वातावरणमा बाँच्न पाउने अधिकार को सुनिश्चित गर्न माग गरेका छन् ।
साथै उनले लोकतन्त्रमा फरकमत राख्नेमाथि राज्यतर्फबाट गरिएको ज्यादतीको विरोध गर्दै तत्काल राज्य आतंक बन्द गरेर जनता माथि न्याय गर्न आग्रह गर्दै जनतामाथि भइरहेको दमन बन्द गर्न माग पनि गरेका छन् । क्षेत्रीय अध्यक्ष चौलागाईंले अहिले जनताले गरिरहेको विरोधमा नेपाल तरूण दल काठमाडौ क्षेत्र न २ को पूर्णरुपमा साथ र समर्थन रहेको पनि प्रतिवद्धता जनाएका छन् ।





प्रतिक्रिया