देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधि सभाको पहिलो बैठकका एजेण्डा तयार गर्न सर्बदलीय बैठक शुरु

देशान्तर

काठमाडौँ – प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बोलाउनु भएको सर्वदलीय बैठक शुरू भएको छ ।

बैठकमा प्रतिनिधि सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्ने विषयमा छलफल हुनेछ । बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतक र संसदीय दलका प्रतिनिधिलाई बोलाइएको छ । बैठकमा स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ । बैठक संसद भवन बानेश्वरमा शुरु भएको हो ।

बैठकमा सभामुख चयन, सरकारको विश्वासको मत लिने तयारी, पहिलो बैठकमा राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल हुनेछ । संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ । आम निर्वाचन २०७९ पछिको यो पहिलो बैठक हो । गत मंसिर ४ गते आम निर्वाचन भएको थियो ।

निर्वाचित सांसदहरुले सपथग्रहण गरेपनि प्रपतनिधि सभाको बैठक भने बसेको छैन ।