देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गृहमन्त्री लामिछाने नेपाली नागरिक नभएको वरिष्ठ अधिवक्ता भण्डारीको दाबी

देशान्तर

काठमाडौँ – वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको दाबी गरेका छन् ।

वरिष्ठ अधिवक्ता भण्डारीले सर्वोच्च अदालतमा भइरहेको सुनवाइको क्रममा गृहमन्त्री लामिछाने नेपाली नागरिक नै नभएको दाबी गरेका हो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा लामिछानेको नागरिकता विवादमा सुनुवाइ हुँदा भण्डारीले लामिछाने गृहमन्त्रीमा रहिरहन नमिल्ने जिकिर गरेका छन् ।
मङ्सिर २८ गते दर्ता भएको रिटमा पुसको ६ गते पेसी सूचीमा चढ्दा विपक्षीहरूको नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश प्रयोजनका लागि पुस २२ गते (शुक्रवार) छलफलका लागि बोलाएको थियो ।

बिहीबारसम्म सांसद पदमा रही कामकारबाही नगर्न नगराउन किन अन्तरिम आदेश जारी गर्नु नपर्ने हो सो विषयमा स्पष्ट पार्न लिखित जवाफ बुझाउन भनिएको थियो ।

बिहीबार अपराह्नसम्म विपक्षी संसद् सचिवालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँले मात्रै लिखित जवाफ पेस गरेका थिए ।