काठमाडौं – नेपाली कांग्रेसका नेता एवम् भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थ पूरा गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धोका दिने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वराजदूत उपाध्यायले एमालेले राष्ट्रपति र सभामुखसहित महत्त्वपूर्ण पदलाई प्राप्त गर्नका लागि विश्वासको मत दिने र त्यसपछि साथ छोड्ने जिकिर गरे ।
भर्खरै सम्पन्न निर्वाचनले नेपालको पुरानो पार्टी कांग्रेससहित अन्य दलहरूसमेत कमजोर बनेको भन्दै उनले समयमै सचेत भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उपाध्यायले दलहरूभित्र रहेको भागबन्डा, गुटबन्दी नैतिक मूल्य मान्यतामा ह्रास हुँदै गएकाले देशको राजनितिक, आर्थिक र सार्वभौम अवस्था जटिल अवस्थामा पुगेको बताए ।
नेपालमा चरम ’कू’ राजनितिक मौलाउँदै गएकाले विरक्त भएर आफूले सक्रिय राजनीतिबाट विश्राम लिएको उनको भनाइ छ ।





प्रतिक्रिया