देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय सभा उपचुनावका लागि पुस २८ सम्मको दल दर्ता समय

देशान्तर

राष्ट्रिय सभा उपचुनावका लागि आयोगले दियो दल दर्ताको समय
रिक्त राष्ट्रिय सभा सदस्य पदमा हुने उपचुनावका लागि निर्वाचन आयोगले पुस २८ सम्ममा दल दर्ताका लागि समय तोकेको छ । आज सूचना निकालेर आयोगले पुस २५ गतेदेखि पुस २८ गतेसम्म दल दर्ता गरिसक्न आग्रह गरेको हो।

यही माघ २५ गते राष्ट्रिय सभा उपनिर्वाचन हुँदैछ । लुम्बिनी प्रदेशको अन्यतर्फ रिक्त एक पदका लागि उपचुनाव गर्न लागिएको हो। केन्द्रीय सदस्य संख्या, विधान, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेश गरेको मिति, महाधिवेशन र मितिलगायत विवरण खुलाएर दल दर्ता निवेदन पेश गर्न आयोगले दलहरूलाई आग्रह गरेको हो ।