देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत काठमाडौंमा

देशान्तर

काठमाडौं – नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ काठमाडौं आएका छन् । उनी आइतबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् ।

सोङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनलगायत चिनियाँ दूतावासका अधिकारीहरू पुगेका थिए ।

चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि बेइजिङस्थित विदेश मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतमा सोङलाई नियुक्त गरेको हो ।

उनी एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन् ।