देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनमत र नागरिक उन्मुक्ती पार्टीबीच १२ बुँदे सहमति (पूर्णपाठ)

देशान्तर

काठमाडौं – जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति भएको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आइतबार मोर्चाबन्दी गर्ने बारे १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् ।

दुई दलको सहमतिमा संविधान संशोधन र नागरिकता विधेयक पास गर्नुपर्ने, देउवा सरकारले ल्याएको अध्यादेशलाई संसदबाट कानुनका रुपमा पास गर्ने, रेशम चौधरी लगायत टीकापुर घटनाका बन्दीको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सीके राउतसँग भएको सहमति कार्यान्वयन गर्नु पर्ने लगायतका विषय समावेश छन् ।

सहमति कार्यान्वयन गर्ने गरी एक भएर मात्र संघ र प्रदेश सरकारमा सहभागी हुने दुबै दलको सहमति छ ।