देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता

देशान्तर

काठमाडौँ – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न अधिकारी बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हो ।

भेटका क्रममा आपसमा बधाई साटासाट हुनुका साथै गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार लगायतबारे विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गण्डकीमा सत्ता भागबण्डाका क्रममा नेकपा (एमाले) लाई मुख्यमन्त्री परेको थियो । पुस २५ गते अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री बन्नु भएपछि काठमाडौं आउनु भएका अधिकारी राजनीतिक भेटघाटमा व्यस्त छन् । उनले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गगरेका थिए ।