काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले गोर्खा महोत्सवको उद्घाटन गरेका छन्। महोत्सवको उद्घाटन गर्न प्रचण्ड बुधबार गोरखा गएका थिए।
पृथ्वी जयन्तीको अवसर पारेर गोरखा उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेको हो। प्रचण्डसँगै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेता तथा कार्यकर्ताहरु गोरखा गएका छन्।
तेस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो पटक प्रचण्ड गोरखा गएका हुन्। प्रचण्डले मंगलबार मात्रै संसदमा विश्वासको मत लिएका थिए।





प्रतिक्रिया