काठमाडौं – दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थले संसदीय समितिहरुले दिएका अधिकांश निर्देशन सरकारले पालना नगरेको गुनासो गरेका छन् । बिहीवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकपछि संचारमाध्यमसँग कुरा गर्दै सभापति पन्थले संसदीय समितिहरुले दिएका अधिकांश निर्देशन सरकारले पालना नगरेको गुनासो गरेका हुन् ।
उनले राष्ट्रिय सभा र प्रतिनिधि सभाका १६ वटा संसदीय समितिले दिएका निर्देशन सरकारले कार्यान्वयन नगरेको पाइएको बताए । उनले ंससद र सरकार दुई फरक संस्था भएकाले एकले अर्काको क्षेत्राधिकार नमिचिने गरी निर्देशन हुँदा मात्रै कार्यान्वयन हुने गरेको बताए ।
उनले सरकारले गर्ने काम समितिले गर्न खोज्दा निर्देशन दिँदा कार्यान्वयन नहुने गरेको बताए ।
उनले समितिले क्षेत्राधिकार नमिचिने गरी संसद आफ्नो क्षेत्रभित्र रहने गरी र सरकार संसदप्रति उत्तरदायी रहने गरी निर्देशन गर्नसके पालना हुने बताए । उनले समितिले निर्देशन दिँदा प्रमाणका आधारमा अध्ययन गरेर निर्देशन गर्नसके प्रभावकारी हुने बताए ।





प्रतिक्रिया