काठमाडौं – उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडकमा देखिएका खाल्डाहरू तत्काल पुर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । शुक्रबार बालाजु, लैनचौर र लाजिम्पाट क्षेत्रको सडकको अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले सडकको अवस्था जीर्णसँगै ड्रेन र ढलहरूमा समस्या देखिएकाले सडकको अवस्था जीर्ण हुने गरेको भन्दै इन्जिनियरहरूले गम्भीर भएर सडक र ढललाई नियमित रूपमा अनुगमन गरी मर्मत सुधार गर्न निर्देशन दिए ।
मन्त्री श्रेष्ठले राज्यले जनतालाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्नेसमेत बताए । उनले आफूले कसैको दबाब र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने काममा लाग्ने बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाललका घरबेटीले धेरै सडकहरुको बिचिल्ली बनाएका छन्, उहाँलाई कारबाही गर्न सक्नुहुन्छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्रीले नराम्रो गर्ने कोहीलाई कारबाही गर्नसक्ने निर्देशन दिएको पनि बताए ।
उनले प्रधानमन्त्रीको निर्देशन नै आइसकेकाले प्रधानमन्त्रीलाई उक्त कुरामा जोडेर नहेर्न आग्रह गरे । उनले सडकमा समस्या देखिएपछि भाग्ने नभई सरकारले र सम्बन्धित निकायले पूरा गर्नुपर्ने बताए ।
मन्त्री श्रेष्ठले जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब नरहेको बताए ।





प्रतिक्रिया