देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गण्डकीको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित

देशान्तर

काठमाडौं – गण्डकी प्रदेशसभाको सभामुखमा नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल निर्वाचित भएका छन् । शनिबार प्रदेशसभामा भएको निर्वाचनमा धितालले ३२ मत पाएका छन् । ६० सदस्यीय प्रदेशसभामा मतदानमा ५८ जना सहभागी भएका थिए ।

धिताललाई नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टी २ र नेकपा एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र र्सांसद दीपक मनाङेले पनि मत दिए ।

एमालेबाटै निर्वाचित भएका ज्येष्ठ सदस्य मित्रलाल बस्याल भने मत विभाजनमा सहभागी भएनन् ।

सभामुखमा नेपाली कांग्रेसकी सांसद सरस्वती अर्याल तिवारीले पनि उम्मेदवारी दिएकी थिइन् । तर उनी पराजित भइन् ।