देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विमान दुर्घटनामा परेकाहरुको उद्धारमा लाग्न प्रधानमन्त्रीको निर्देशन

देशान्तर

काठमाडौं – यति एयरलाइन्सको विमान दुर्घटना भएकोमा प्रधानमन्त्री उद्धारमा लाग्न निर्देशन दिएका छन् ।

काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान दुर्घटनामा दुख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले सुरक्षाकर्मी र सरकारी निकायलाई प्रभावकारी उद्दारमा लाग्न निर्देशन दिएका हुन् ।

’प्रभावकारी उद्धारमा लाग्न सुरक्षाकर्मी, नेपाल सरकार सम्पूर्ण निकाय र आम जनसमुदायमा हार्दिक अपील गर्दछु,’ प्रचण्डले भनेका छन् ।