देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजेन्द्र लिङ्देन बने उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री

देशान्तर

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री नियुक्त भएका छन् ।

कार्यालय, शीतलनिवासमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यससँगै प्रचण्ड सरकारमा चार उपप्रधानमन्त्री भएका छन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थ, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् ।

उनीहरुले ११ पुसमै शपथ लिएका थिए ।