काठमाडौं – प्रतिनिधिसभाको सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपाने र नेकपा एमालेका देवराज घिमिरेबीच प्रतिस्पर्धा हुने भएको छ ।संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार घिमिरे र न्यौपानेको मात्रै उम्मेदवारी परेको हो । घिमिरे सत्ता गठबन्धन र न्यौपाने प्रतिपक्षी दलबाट साझा उम्मेदवार हुन् ।
सचिवालयले बुधबार दिउँसो १ देखि ४ बजेसम्मका लागि उम्मेदवारी मनोनयनको समय तोकेको थियो । मनोनयनको समय सकिएपछि सचिवालयले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो ।
बिहीबार ११ बजे बस्ने संसद् बैठकमा मत विभाजनद्वारा सभामुखको चयन गरिनेछ ।





प्रतिक्रिया