देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले सांसद् महतोलाई पक्राउ गर्न खतिवडाको माग

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका सांसद् रामहरी खतिवडाले एमालेबाट सांसद्मा निर्वाचित लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न सभामुखको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले हत्या अभियोग लागेका सांसदबारे पहिला निर्णय गरेर सभामुख निर्वाचन प्रक्रिया शुरू गर्नुपर्ने माग गरेका हुन् ।

‘अहिले सभामुखको निर्वाचन हुँदैछ। आज सभामुखको निर्वाचन हुनेबेलामा यस संसद्मा हत्याको अभियोग लागेका सांसद्पनि यही हलभित्र छन् भन्ने सुनिन आएको छ। म गृहमन्त्री ज्यूलाई अनुरोध गर्न चाहान्छु।’ उनले भने, ‘हामी चिन्दैनौ उहाँलाई यहाँभित्र हुनुहुन्छ कि हुनुहुन्न। यदि हुनुहु्न्छभने उहाँको मतदान प्रकियामा भागलिन पाउने नपाउने त्यो निर्णय गरेर मात्र यस सभा संचालन गरियोस्।’

सांसद् महतो मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन् ।