देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हत्यारा सांसदबारे गृहमन्त्रीको जवाफ: गृह मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर जाँदैन

देशान्तर

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले नेतृत्व गरेको मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर नजाने बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कोइरीलाई पक्राउ गर्न गराएको ध्यानाकर्षणबारे जवाफ दिँदै गृहमन्त्री लामिछानेले सांसद कोइरीको विषयमा आफूहरू गम्भीर रहेको बताएका हुन् ।

उनले भने, ‘फरार रहनुभएका मानिस संसदमा हुनुहुन्छ, पक्राउ गर्न भन्नुभयो, विधि र पद्धति भन्दा बाहिर गएर गृह मन्त्रालय एक कदम बाहिर निस्किदैन । यो प्रक्रियामा कसैले दबाब र प्रभाव पार्नुहुने छैन भन्ने आशा छ, विधि स्थापित गरेर कर्मचारीको सरुवा बढुवा हुन्छ । गृह मन्त्रालय आफ्नो निर्णयमा टसमस छैन। हामीले विधि र पद्धति स्थापित गर्छौं भनेर देखाइरहनु पर्दैन, यो स्वतःसिद्ध छ ।’

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीमाथि हत्या आरोपको मुद्दा अदालतमा विचारधीन छ । उनी महोत्तरी १ बाट निर्वाचित भएका हुन् ।