देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अवैध सालसहित एक जना पक्राउ

देशान्तर

प्रहरीले अवैध सालको काठ वरामद गरेको छ । शुक्रबार महोत्तरीको बर्दिबास स्थित वडा न.१४ को भित्री सडकवाट ट्याक्टरमा लोड गरेर लैजादै गरेको ७९.१ क्युफिट सालको काठ वरामद गरेको हो ।

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरिडाडावाट खटिएको प्रहरीले २-०३-००१ त १११३ नम्बरको ट्याक्टरमा लोड गरेको काठ सहित उक्त ट्याक्टरका चालकलाइ पनो पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वडा न.१४ का नै २३ बर्षिय विशाल मगर छन । उन्लाइ पक्राउ गरि थप अनुसन्धानको लागी सव डिभिजन कार्यालय माइस्थान पठाइएको इलाका प्रहरी कार्यालय गौरिडाडाले जनाएको छ ।